
सिन्धुली -१२ साउन ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना एकसाथ सम्पर्क विहीन भएका छन् । यसरी वेपत्ता हुनेमा स्थानीय उर्मिला हायुको परिवार केही दिनदेखि एका एक गायब भएका हुन् ।
उनीहरु एकै परिवारका १६ जना सदस्य आइतबार रातिदेखि अचानक सम्पर्क विहीन बनेको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी जनाएका हुन् । अहिले हायु परिवारको खोजीका लागि स्थानीय र प्रहरी परिचालन गरिएको बताइएको छ।
आज (सोमबार) बिहान मात्रै नजिकका छिमेकीले उनीहरुका परिवार गायब भएको कुरा थाहा पाएसंगै जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। घटनाको जानकारीपछी प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थाले पनि अहिलेसम्म हायु परिवारका बारेमा केही पत्तो नलागेको प्रहरीले जनाएको छ।विस्तृत विवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस