आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सम्पर्कविहीन भएका सिन्धुलीका हायु परिवार पोखरामा भेटिए

२०८२ श्रावण १३, मंगलबार मा प्रकाशित ( ७ महिना अघि) ५५८१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
काठमाडौँ-१३ साउन ।

सम्पर्कविहिन भएका सिन्धुलीका हायु परिवार पोखरामा भेटिका छन्।

विगत केही दिनदेखि हराईरहेका उनीहरूलाई पोखरामै फेला पारिएको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले उनीहरू पोखरामा रहेका सूचना आएको जानकारी दिनु भयो।

त्यस्तै उनीहरुलाई पोखरासम्म पुर्याउने गाडी चालक पनि प्रहरीको सम्पर्कमा आएका हुन्। चालकका अनुसार हेटौँडा हुँदै उनीहरूलाई पोखरा छाडेर चालक सिन्धुली नै फर्किएका थिए। उर्मिला हायुको परिवार शुक्रवारदेखि बेपत्ता भएको भन्ने खबर जताततै संन्चार माध्यममा आउन थालेपछी तिब्र रुपमा खोजी भएको थियो।

तर उनकी छोरी-ज्याईँ भने काठमाडौँबाट सम्पर्कमा आएको बताइएको छ । बिहिवार लोपउन्मुख जातिको भत्ता बुझेर उनीहरूले शुक्रवार घरमा सुँगुर काटेर खाएका थिए भने त्यसपछि हराएका उनीहरू राति नै त्यहाँबाट हिँडेर हेटौँडा-मुग्लिन हुँदै पोखरा गएका थिए।

उनीहरुले घरै छोडेर यसरी पुरै परिवार सम्पर्क बिहिन हुनुको कारण भने खुलिसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस