आज: २०८३ भाद्र ४, बिहिबार | Thu, 20, Aug, 2026

बाटोमा हिँडिरहेका तीन जना व्यक्ती स्यालले टोकेर घाइते

२०८२ श्रावण १३, मंगलबार मा प्रकाशित ( १ साल अघि) ११६२६ पटक पढिएको
नारी बाटिका


हेटौंडा -१३ साउन ।

मकवानपुरको मनहरी गाउँपालिका–६ मा स्यालले टोकेर तीन जना घाइते भएका छन्।

उनीहरु तीने जनलाई स्यालले खुट्टामा टोकेर घाईते बनाएको हो । अहिले उनिहरुको चितवनको मेडिकल कलेज र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा मनहरी गाउँपालिका–६ का ३० वर्षीय तारा थापा तामाङ, सोही स्थान बस्ने ४८ वर्षीय हरि पौडेल र ५२ वर्षीय अलि उल्लाह रहेका छन्।

पूर्वपश्चिम सडक खण्डको बाटोमा हिँडिरहेका उनीहरु तीनै जनालाई स्यालले टोकेको थियो। तामाङ र पौडेलको चितवनस्थित गड्यौली मेडिकलमा र उल्लाहको हेटौंडा अस्पताल उपचार भइरहेको मकवान प्रहरीले जनाएको छ।

उक्त स्थानमा उनीहरुलाई स्यालले टोकेर स्याल जंगलतर्फ भागेको स्थानीयले बताएका छन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस