
नारी बाटिका
नारी बाटिका डट्कमका लागी संवादाता
हेटौंडा -१३ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको पद गुमाउनु भएको छ । यद्यपि लामाले आफू संसदीय दलको नेताबाट हटे पनि मुख्यमन्त्री पद नछाड्ने अडान लिनु भएको हो ।
आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध संसदीय दलमा भएको मत विभाजन प्रक्रियामा अल्पमतमा परेका लामाले मुख्यमन्त्रीबाट भने राजीनामा दिनु नपर्ने भन्दै यस्तो अडान लिनु भएको छ।
काँग्रेसको संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो भने उहाँको विपक्षमा २२ मत परेपछि संसदीय दलको नेताबाट लामाले विश्वास गुमाउनु भरेको हो।
‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने छैन। सरकार एउटा पाटा हो, संसदीय दल अर्को पाटो हो’, मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी उहाँले भन्नु भयो ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन। हटाउनुपर्ने पनि होइन। मुख्यमन्त्री हुन दलको नेता चाहिँदैन।’
उहाँले आफूमाथि पार्टी भित्रबाटै विभिन्न प्रपञ्च रचिएकोबारे आफूले आजैमात्र थाहा पाएको पनि दुखेसो पोख्नु भयो। ‘सबैलाई मिलाएर अघि बढौं भन्दा विभिन्न जाल रचिएको’ उहाँको भनाइ थियो।
‘मत विभाजनको प्रक्रियामा गएको हो। प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो’। नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ। मैले त्यस्तो हेरेको थिइनँ’, लामाले भन्नु भयो, ‘सबैलाई मिलाएर जाऔँ भन्दा विभिन्न किसिमका जाल रचिएको रहेछ।
मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछन्। तर यो कुरा मलाई आज मात्रै ताहा भयो । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो। लोकतान्त्रिक विधिअनुसार प्रक्रिया सुरु हुन्छ।’ आफू हिजोसम्म संसदीय दलको नेता भए पनि आजबाट नरहेको लामाको भनाई थियो ।
‘मुख्यमन्त्री त फेर्नै सक्दैन। दलको नेता भएर हो। कोलेसन गभर्मेन्ट हो। मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन’, उहाँले भन्नु भयो। आफूले राजीनामा गर्नुपर्ने कुनै अवस्था नरहेको पनि स्पष्ट पार्नु भएको छ ।







प्रतिक्रिया दिनुहोस