
नारी वाटिका संवाददाता
काठमाडौं -१५ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। पछिल्लो मौसममा मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले बागमती, गण्डकी र अन्य पहाडी भूभागमा सामान्य बदली र केही स्थानमा अहिले वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी लगायतका पहाडी तथा केही तराई भूभागमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तर बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यसैगरी आज राति पनि कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस