आज: २०८२ श्रावण १६, शुक्रबार | Fri, 01, Aug, 2025

कोदोजन्य पद्धार्थलाई बढवा दिन आज राष्ट्रिय कोदो दिवस मनाईँदै

२०८२ श्रावण १६, शुक्रबार मा प्रकाशित ( २३ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता

काठमाडौं- १६ साउन ।
खानामा तागतिलो र ओझिलो कोदोजन्य पद्धार्थलाई बढवा दिन सरकारले आज कोदो दिवस मनाउन लागिरहेको छ ।

पछिल्लो समयमा गाउँभन्दा शहरी क्षेत्रमा कोदोजन्य खानाको महत्व बढ्दै गएपछी यस कोदो बालीको, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलो पटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउन लागेको हो ।

यसका साथै गाउँ बस्तिका साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज कोदोजन्य बालीले पनि कृर्षी पेशालाई बढवा दिन सकिन्छ भन्ने सन्देशसहित साउन १६ गतेलाई दिवसका रुपमा मनाउन लागिएको हो।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको छ।

आफ्नो प्रसस्त खेतबारी भएर पनि देशमा रोजगारी पाईएन भनेर घरबारी बैंकमा धितो राखी ऋण काडेर विदेशीने युवाहरुलाई समेत यस कार्यले देशको दिगो विकास लक्ष्य हासिल गर्न मद्धत पनि पुर्याने देखिन्छ । अर्को तर्फ जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सञ्जेलको भनाई छ ।

कृषि विभागले आर्थिक वर्ष २०८१।०८२ मा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ।

आज यसै दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकार लगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम तय गरिएको छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस