
नारी बाटिका
नारी बाटिका संवाददाता
धादिङ – २६ साउन ।
नारी जागरण केन्द्र धादिङको आज २६ औं वार्षिक साधारण सभा तथा नारी संन्चारको पाँचौं वार्षक उत्सव हुने भएको छ ।
धादिङ जिल्लामा लामो समयदेखी महिला बालबालिकाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आईरहेको केन्द्य्रले आफ्नो २६ औं साधारण सभा कार्यक्रमको ओयोजना गर्ने भएको हो । जिल्लामा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्र एनजेके धादिङका अभिभावक एव्ं सम्रक्षक चित्रकुमारी भण्डारीको अध्यक्षतामा आज धादिङवेशी स्थित केन्द्रको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न गर्ने भएको छ ।
यसका साथै नारी ग्रुप लाई नै बढावा दिई लैंगिक हिंसा प्रभावित तथा समग्र नागरिकका आवाजलाई कलम चलाई समस्या र सवालको बुलन्द गर्नका निमित्त विगत पाँच वर्षदेखी संन्चार माध्यमा कृयाशिल अनलाईन पत्रिका नारी वाटिका डट्कम पनि पाँचौ वार्षिक उत्सव मनाईँन लागिएको छ ।
नारी संंन्चार प्रा.लि.द्वारा संन्चालित नारी वाटिका अनलाईन पत्रिकाको २०७८ साउन १७ मा विधिवत रुपमा संन्चार मन्त्रालयमा दर्ता भई प्रेस काउन्सीलबाट समचार प्रकाशन प्रशारण गर्नका लागी कानुनी स्वीकृत लिई विगत पाँच वर्षदेखी संन्चालनमा आएको नारी वाटिका डटकम अनलाईन पत्रिकाले आफ्नो पाँचौं वार्षिक उत्सव मनाउन लागेको हो ।
प्रेस युनियन केन्द्रीय सदस्य एवं् कान्तिपुर टेलिभिजनका धादिङ प्रतिनिध तथा उप सम्पादक पोषनाथ अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने भएको नारी केन्द्रले जनाएकोे छ ।








प्रतिक्रिया दिनुहोस