
नारी बाटिका
एक सय दिनसम्म सञ्चालन हुने
धादिङ -१६ साउन ।
नेपाल प्रेस युनियनले एक सय दिने ‘सदस्यता विशेष अभियान’ सुरु गरेको छ। केन्द्रीय समितिको निर्णय अनुसार बिहिबार काठमाडौं शाखाबाट अभियानको औपचारिक शुभारम्भ गरिएको हो।
युनियनका अध्यक्ष शिव लम्साल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, सल्लाहकार तारानाथ दाहाल र धर्मेन्द्र झाबाट सदस्यता नवीकरण गरी अभियानको शुभारम्भ गर्नु भएको हो ।
नेपाल प्रेस युननियन काठमाडौं शाखाका अध्यक्ष महेश गौतमको अध्यक्षतामा बसेको बैठकबाट विशेष अभियान’सुरु गर्ने निर्णय गरेको थियो ।
साथै यस अभियान साउन १४ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन हुने बताईएको छ। युनियनले क्रियाशील सञ्चारकर्मीहरुको मात्र सदस्यता नवीकरण तथा प्रमाणसहित नयाँ सदस्यता प्रदान गरिने जनाएको छ।
७७ वटै शाखा, उपशाखा र प्रतिष्ठान शाखामा अभियान सञ्चालन गर्न सर्कुलर गरिएको र नवीकरण तथा नयाँ सदस्यता आवेदन आवश्यक कागजात सहित केन्द्रीय समितिमा पठाउनु पर्ने व्यवस्था गरिएको युनियनले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस