नारी बाटिका संवाददाता
धादिङ – २६ साउन ।
नारी जागरण केन्द्र धादिङको २६ औं वार्षिक साधारण सभा तथा नारी संन्चारको पाँचौं वािर्षक उत्सव सम्पन्न भएको छ ।
धादिङ जिल्लामा लामो समयदेखी महिला बालबालिकाका क्षेत्रमा उल्लेखनीय काम गर्दै आईरहेको केन्द्रले २६ औं साधारण सभाको साथमा नारी संन्चार प्रा.लिको पाँचौ वार्षिक उत्सव सम्पन्न भएको हो ।
केन्द्रका सम्रक्षक तथा समाजसेवी व्यक्तित्व चित्रकुमारी भण्डारीको अध्यक्षता,कार्यक्रम संयोजक भगवती उपे्रतीको संयोजत्वमा सम्मन्न भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य पोषनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको ओयोजना नारी संन्चार प्रा.लि.र नारी जागरण केन्द्रको सयुक्त आयोजनामा भएको हो ।
जिल्लामा निकै लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्दै आएको केन्द्र एनजेके धादिङका अभिभावक एव्ं सम्रक्षक चित्रकुमारी भण्डारीको अध्यक्षतामा आज धादिङवेशी स्थित केन्द्रको आफ्नै सभाहलमा कार्यक्रम सम्पन्न गर्ने भएको थियो ।
यसका साथै नारी ग्रुपलाई बढावा दिई लैंगिक हिंसा प्रभावित तथा समग्र नागरिकका आवाजलाई कलम चलाई समस्या र सवालको बुलन्द गर्नका निमित्त २०७८ साउन १७ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट मान्यता प्राप्त भई नारी संंन्चार प्रा.लि.द्वारा संन्चालित नारी वाटिका अनलाईन पत्रिकाको २०७८ साउन १७ मा स्थापित एक संन्चार संस्था हो ।
विधिवत रुपमा संन्चार मन्त्रालयमा दर्ता भई प्रेस काउन्सीलबाट समचार प्रकाशन प्रशारण गर्नका लागी कानुनी रुपमा स्वीकृत लिई विगत पाँच वर्षदेखी संन्चालनमा आएको नारी वाटिका डटकम अनलाईन पत्रिकाले आफ्नो पाँचौं वार्षिक उत्सव मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा कान्तिपुर टेलिभिजनका उप सम्पादक एव्ं प्रेस युनियनका केन्द्रीय सदस्य पोषनाथ अधिकारीले शुभकामना मन्तव्य राख्नु हुंदै नारी केन्द्रले निकै लामो समयदेखी धादिङ जिल्लामा उदारणीय काम गर्दै पछिल्लो समयमा नारी संन्चारलाई समेत साथमा लिएर महिलाको मात्रै नभइ समग्र नागरिकका आवाजलाई वुलन्द्ध गर्दै समाजमा भएका विकृिित विसंगतिको रुपलाई सार्वजनिकरण गर्न सहयोग पुर्याएको बताउनु भएको छ ।
कार्यक्रममा केन्द्रले आ.व.२०८१।०८२मा सम्पन्न भएका कार्यको प्रस्तुतीकरण गर्दै आर्थिक खर्च आम्दानी बिवरण सहित सदस्यहरु बिचमा जानकारी गराउनु भएको थियो ।
साथै कार्यक्रम प्रतिवेदन र आर्थिक प्रतिवेन सहभागी सदस्यहरुबाट पारित गरी आगमी वर्षको लागी कार्ययोजना सहित भव्यताको साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा केन्द्रका आजिवन सदस्यहरु,विभिन्न समुहका प्रमुख एवं् प्रतिनिधीहरु,पत्रकार,कर्मचारी,केन्द्रको साधारण सदस्य,कार्य समिति,उप समितिका प्रतिनिधीहरु,नारी विकास सहकारीका पदाधिकारीहरु,प्रेस युनियनकी सदस्य तथा रेडियो धादिङका समचार वाचिका सशिला विश्वकर्मा,युनियनकी सदस्य विनु सिंम्खडालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका सदस्य सुशिला थापाले संन्चालन गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस