आज: २०८२ श्रावण २१, बुधबार | Wed, 06, Aug, 2025

मुख्यमन्त्री लामा, भोलि बिहानसम्ममा राजीनामा दिने सोचमा

२०८२ श्रावण १७, शनिबार मा प्रकाशित ( ४ दिन अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
वागमति प्रदेश -१७ साउन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने सोचमा पुग्नु भएको छ । केही दिनअघि आफ्नै पार्टीका मन्त्रीहरुले राजिनामा दिएर आफुलाई सरकारको अल्पमतमा पारेर पार्टीको संसदीय दलको नेताबाट समेत पछी पारेपछी उहाँको एक्कासी स्वास्थ्य अवस्थासमेत बिग्रिएर अस्पतालमा उपचार्थ हुनुहन्थ्यो । उपचारकै क्रममा रहनु भएका मुख्यमन्त्री लामाले भोली मुख्यमन्त्रीको पदबाट राजिनामा दिने बताउनु भएको हो ।

कांग्रेस संसदीय दलको नेतामा पराजित हुँदा समेत मुख्यमन्त्रीमै बहाल लामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन राजी भएको एक उच्च स्रोतले जनाएको छ । देउवाले बिहीबार लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिनु भएको थियो ।

आज बिहान १० बजे सभापति देउवासँग भेट तय भएको बताउँदै उहाँ निकट सांसद तीर्थ लामाले थप कुराकानीपछि शनिबार वा आइतबार बिहानसम्म मुख्यमन्त्री लामाले राजीनामाको तयारी गरिरहनु भएको बताएका छन्।

हालै वागमति प्रदेशमा उग्र रुपमा देखिएको कांग्रेस गुटभित्रको विवादबारे बालुवाटारमा देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेत छलफल भएको थियो। स्रोतका अनुसार लामा सरकारमा आफ्नो पक्षको सम्मानजनक सहभागिताका लागि छलफलमा रहनु भएको थियो। उहाँले राजीनामा दिए इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ने देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस