आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

मन्त्रीमा भागबण्डा भएपछी मुख्यमन्त्री लामाले आज राजीनामा दिँदै

२०८२ श्रावण १८, आईतबार मा प्रकाशित ( ६ महिना अघि) ७५३४ पटक पढिएको
नारी बाटिका


नारी बाटिका संवाददाता
वागमति प्रदेश- १८ साउन

नेपालका सबै जसो पार्टीमा गुट र उप गुटले पार्टीलाई मात्रै नभइ व्यक्तिगत रुपमा समेत नेतालाई कमजोर बनाउँदै आइरहेको छ । पार्टीभित्रकै साँसदको असयोगले एकै पटक कांग्रेस प्रदेश संसदीय दलकाको नेता र मुख्यमन्त्री दुबै पद गुमाउनु परेका वागमती प्रदेका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजिनामा दिँदै हुनुहुन्छ ।

मुख्यमन्त्री लामाले आफ्नो पक्षका थप तीन जना सांसदले मन्त्री पाउने भएपछि बागमतीका राजीनामा दिने भएका हुन् । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको छलफलको निष्कर्षपछि उहाँ राजीनामा दिन तयार हुनु भएको हो।

लामाको राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । कुन्दन राज काफ्ले, हरिप्रभा खड्की, गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा निरन्तरता दिने सहमति भएपछि आइतबार लामाले राजीनामा दिन सहमति जनाएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन राज काफ्ले र सामाजिक विकासमन्त्रीमा हरिप्रभा खड्गी छन् । अन्य तीन जनालाई मन्त्री नियुक्त गरे पनि सपथ गराइएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस