
नारी वाटिका संवाददाता
काठमाडौँ -१९ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर आकाश तथा पूर्णतया बदली भइरहेको छ।
आहले कोशी प्रदेश , मधेस प्रदेश र सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यसैगरी मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै कोशी, मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना भएकोले सतर्कता अपनाउन सुझाव पनि दिइएको छ।












प्रतिक्रिया दिनुहोस