आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

धादिङ प्रशासन कार्यालयद्वारा आज र भोली गतेसम्म सर्तकता अपनाउन आग्रह

२०८२ श्रावण १९, सोमबार मा प्रकाशित ( ८ महिना अघि) ४१५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१९ साउन ।

साउन १९ र २० गते धादिङ जिल्ला लगायतका देशभरमा निरन्तर वर्षाको सम्भावना देखिएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले साउन १९ र २० गतेसम्म सर्तकता अपनाउन सबैलाई आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यस जिल्ला लगायत देशभरमा निरनतर बर्षा हुने र धादिङ जिल्ला हुंदै बहने त्रिशुली नदी तथा साना नदी,ा खोलाहरुसमेत मानीको बहाव बढ्न सक्ने जोखिम रहेकोले प्रशासनले आज एक सूचना जारी गर्दै खोला,नदी आसपासमा बसोबास गर्ने समुदायहरुलाई सतर्कता अपनाउन जानकारी गराएको हो ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाको पछिल्लो बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले सर्तकता सुचना जारी गरेको हो । मौसम विज्ञान विभाग पुर्वानुमान महाशाखाका अनुसार २० गतेसम्म त्रिशुली र बुढीगण्डकी नदीमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, आजैदेखि धादिङ तथा आसपासका जिल्लाबाट बहने स–साना नदीहरूको बहाव समेत उल्लेख्य रूपमा बढ्ने देखिएको र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना पनि महाशाखाको भनाई छ ।

आज साउन १९ र २० गते बागमती प्रदेश अन्तर्गतका केही स–साना नदीहरूमा आकस्मिक रूपमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन र आवश्यक सावधानी अपनाउन प्रशासनले विशेष अनुरोध गरेको छ ।

साथै, नागरिकलाई खोला, नदी किनार तथा जोखिमयुक्त क्षेत्रहरूमा नजान र सम्भावित जोखिमबाट बच्न पूर्वतयारी अपनाउन समेत प्रशासनको सुझाव रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस