
नारी वाटिका संवाददाता
काठमाडौं -२० साउन ।
केही समयअघि विभिन्न कसुरमा जेल परेका दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न सर्वोच्चले आदेश दिएपछी बदरका लागि सरकार अदालतमा पुगेको छ ।
मेडिकल व्यवसायी प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्ने अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयले उक्त आदेश प्रचलित कानून र न्याय सिद्धान्त विपरीत रहेको निष्कर्ष निकाल्दै उच्च सरकारी वकिल कार्यालय, पाटनलाई प्रतिवेदन तयार गर्न निर्देशन दिइएको प्रवक्ता उद्धव पुडासैनीले जानकारी दिनु भयो।
प्रवक्त्ता पुडासैनीले यस्तो आदेश दिनु भनेको विधिको शासनलाई प्रवर्द्धन नगर्नु हो भन्नु भएको छ ।












प्रतिक्रिया दिनुहोस