आज: २०८२ श्रावण २३, शुक्रबार | Fri, 08, Aug, 2025

म्याग्दी केन्द्रविन्दू भएर ४.५ रेक्टरस्केलको भूकम्प

२०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ( ३ दिन अघि) १७०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

म्याग्दी -२० साउन ।

मगलबार म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ३ मीनेटको समयमा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम केही रोकिएको हो की भन्ने आभाष भईरहेको अवस्थामा आज उक्त क्षेत्रमा भुकम्प गएको छ । तर सुदु्््ु्ुरपश्चिम, कर्णाली प्रदेशहरुमा भने फाटुफुट भुकम्प गैरहेकै अवस्था छ ।

साथै नेपालमा पहाडी र हिमालय क्षेत्र धेरै भएको कारण भूकम्पको जोखिम लगायत दैविक विपत्तीहरुको क्षेत्रका रुपमा लिने गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस