
नारी वाटिका संवाददाता
म्याग्दी -२० साउन ।
मगलबार म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो १ बजेर ३ मीनेटको समयमा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम केही रोकिएको हो की भन्ने आभाष भईरहेको अवस्थामा आज उक्त क्षेत्रमा भुकम्प गएको छ । तर सुदु्््ु्ुरपश्चिम, कर्णाली प्रदेशहरुमा भने फाटुफुट भुकम्प गैरहेकै अवस्था छ ।
साथै नेपालमा पहाडी र हिमालय क्षेत्र धेरै भएको कारण भूकम्पको जोखिम लगायत दैविक विपत्तीहरुको क्षेत्रका रुपमा लिने गरिएको छ ।












प्रतिक्रिया दिनुहोस