
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -२० साउन ।
धुनिवेशी नगरपालिका ५ फुलौरे स्थित धार्के सितापाईला सडक खण्डमा सवारी दुर्घटना भएको छ ।
मंगलवार दिउँसो अ.१ :३० बजेको समयमा काठमाण्डौबाट धार्के तर्फ आउदै गरेको बा.प्र.०१(०२५ च ९४८९ नं.को हात्ति गाडीले पैदल यात्री सोही स्थानको वडा न. ५ राईगाउँ बस्ने वर्ष अं.३२ ३३ का बिक्कि तामाङलाई ठक्कर दिई घाईते भएका हुन् ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरीचौकी जिवनपुरबाट प्र.स.नि बिजय प्रसाद यादवको कमाण्डमा टोली खटी गई घाईतेलाई उद्धार गरी थप उपचारको लागी काठमाण्डौ तर्फ पठाईएको, हो ।
घाईते तामाङको टाउको र दाहिने कोखामा चोट लागेर अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

साथै गाडी र चालक प्रहरीचौकी जिवनपुरको नियन्त्रणमा रहेको, छ भने उक्त क्षेत्रमा बाटो अवरोध नभएको, प्रहरी चौकी जिवनपुरलाई उद्धीत गर्दै जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी प्रवक्त्ता एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस