आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सञ्चारमाथि सिडिओको अंकुश स्वीकार्य नहुने, पत्रकार महासंघ

२०८२ श्रावण २२, बिहिबार मा प्रकाशित ( ७ महिना अघि) ७९०६ पटक पढिएको
नारी बाटिका


बिबियु ,नारी वाटिका संवाददाता

धादिङ -२२ साउन ।

सरकारले ऐन नै संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणको अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई दिने भएको छ ।

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नविकरणको अधिकार प्रत्यायोजनको लागी साउन १४ मा गरिएका प्रमाणिकरण केही ऐन संशोधन मार्फत जिल्लाका प्रशासन कार्यलय तथा कर्मचारीका जिल्ला प्रमुख,प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई दिने प्रावधानको व्यवस्था गरिएकोले यस प्रति नेपाल पत्रकार महासंघले कडा विरोध जनाएको छ।

महासंघले बुधबार सञ्चारमन्त्रीलाई भेटेर सरोकारवालासँग छलफल नगरी एकतर्फी रूपमा संशोधन गरिएकोमा गम्भीर असन्तुष्टि जनाएको हो। यस्तै महासंघले सिडिओलाई यस्तो अधिकार दिनु प्रेस स्वतन्त्रताको विरोधमा रहेको बताउँदै उक्त व्यवस्थाविरुद्ध सशक्त रूपमा अघि बढ्ने चेतावनी समेत दिएको छ।

नेपाल पत्रकार महासङ्गका बरिष्ठ उपाध्यक्ष दीपक आर्चाय र महासङ्गका सचिब रमेश खतिवडाको नेतृत्वमा संचार मन्त्री पृथ्वी सुब्बा गुरुङसँग भेटेर यस विषयमा सरोकारवालासँग परामर्श नै नगरी एकतर्फी रूपमा ऐन नै संशोधन गरीएकोले यस व्यवस्थाविरुद्ध महासंघ सशक्त रूपमा अघि बढ्ने चेतावनी दिनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस