आज: २०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

बौद्धमा खुकुरी प्रहार गर्ने दुई युवक पक्राउ

२०८२ श्रावण २२, बिहिबार मा प्रकाशित ( १0 महिना अघि) ११०३७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२२ साउन ।

काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

यही साउन १८ गते लामा पेट्रोल पम्प अगाडि २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो। खुकुरी प्रहार गर्ने दुई युवक आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष राई र संस्कार मगर रहेको प्रहरीले जनाएको छ ।
र्
प्रहरीले उनीहरुलाइ रामहिटी नजिकबाट पक्राउ गरेको हो। पीडितको हाल वीर अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारण मिनिरल वाटरको बोतलको विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेकाहरुबाट प्रहरीले दुई वटा खुकुरी समेत बरामद गरेको छ। साथै उनीहरुमाथी थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस