
नारी वाटिका संवाददाता
रूपन्देही २२ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा जमानत बुझाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् ।
आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने मागसहित लामिछानेले आज उच्च अदालतमा आफ्नो भागमा परेको बिगो बापतको बैंक जमानत बुझाएका थिए । । सुप्रिम सहकारी ठगीका अभियुक्त ठहरिएका लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेस गरेका हुन ।
उनले आज बैंक जमानत बुझाएकाले यसपछी अदालतबाट कस्तो आदेश आउँछ ? त्यो भने हेर्न बाँकी नै छ । विस्तृत विवरण आउन बाँकी रहेकोले यस बारेमा निश्चत भएको छैन ।












प्रतिक्रिया दिनुहोस