
नारी वाटिका संवाददाता
धादिङ २३ साउन ।
भारतको उत्तराखण्डमा हालै आएको भीषण ठुलो बाढीपछी सम्पर्क बिहिन अवस्था रहेका ज्वालामुखी गाउँपालिकाका ४ जना व्यक्तिहरु सम्पर्कमा आएका छन् ।
केही बेरअघि भारतको उक्त बाढी प्रभावित स्थानमा मजदुरी गरी बस्ने धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ घर भएका ४ रै जनाले गाउँपालिकाका अध्यक्ष को सम्पर्कमा रहेको र चार जना ठिक अवस्थामा रहेको भनी जानकारी गराएका हुन् ।
उनीहरु गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको सम्पर्कमा आएको र अध्यक्ष मार्फत जिल्ला प्रशासन धादिङलाई अहिले भर्खरै जानकारी आएको जनाईएको छ । साथै निजहरुको विषयमा अझै विस्तृत विवरण बुझ्दै रहेको जिल्ला प्रशासन कार्यलय धादिङले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस