
नारी बाटिका
नारी वाटिका संवाददाता
सुनसरी =२६ साउन ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारजना पुगेको छ । बस र माइक्रोबस ठक्कर खाई भएको दुघटनामा चार जनाले ज्यान हुन् ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शङकर मण्डल, कोसी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र मोरङको बिराटनगर–१० का ४० वर्षीय अशोक यादव रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनु भयो ।
दुर्घछना ग्रस्त माइक्रोबसमा १८ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएकाहरुको सुनसरीको भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिए ।
दुर्घटनामा परेका अन्यको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस