आज: २०८२ श्रावण २८, बुधबार | Wed, 13, Aug, 2025

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ( १ दिन अघि) २१७१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

हेटौडा- २७ साउन ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिन े तयारी गर्नु भएको छ ।

मुख्यमन्त्री बानियाँले हेटौडास्थित प्रदेश सभा बैठकमा मंगलबार दिउँसो ४ः०० बजे विश्वासको मत लिन लाग्नु भएको हो । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनबाट मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिने तयारी गर्नु भएको हो ।

१ सय १० जना सदस्य रहेको बाग्मती प्रदेशसभामा सरकार बचाउनका लागि बानियाँलाई कम्तीमा ५६ सांसदको समर्थन आवाश्यकता पर्छ । तर यसअघि आफ्नै पार्टीका बहादुर सिंह लामालाई हटाएर मुख्यमन्त्री बनेका बानियाँले लामा पक्षधरका १४ जनाको विश्वास जित्नु आवाश्यकता पर्छ ।

यदि, लामा पक्षधरका १४ जना काँग्रेस कै सांसदहरुले मत नदिएको अवस्थामा उनको मुख्यमन्त्री पद नै धरापमा पर्नेछ । एक सातामा उनको नेतृत्वको सरकार ढल्नेछ । र, नयाँ पक्रियाबाट फेरी सरकार गठनको कार्य सुरु गर्नु पर्नेछ ।

अझैसम्म असन्तुष्ट रहेका लामा पक्षधरलाई मनाउने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन् । स्रोतका अनुसार देउवाको निर्देशन पछि लामा पक्षधर सांसदले मत हाल्ने विश्वास बानियाँको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२० अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम विश्वासको मत लिन लागेका हुन् ।

उनले कम्तीमा ३० दिन भित्र मत लिन पाउने ब्यवस्था भए पनि आफुले आफ्नै पाटीृका सरकार ठलाएर लामालाई पछाडी पादैै मुख्यमन्त्री समेत भएका बानियाँले नियुक्ति भएको ७ दिनमा उनले यो प्रयास गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस