आज: २०८२ श्रावण २८, बुधबार | Wed, 13, Aug, 2025

कुलिङ पिरियड छलछामको आरोपमा खतिवडाले समितिबाट दिए राजीनामा

२०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ( १ दिन अघि) १४५८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -२७ साउन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनु भएको छ

संघीय निजामती सेवा कुलिङ पिरियड छलछामको आरोप लागेका खतिवडाले समितिबाट दिए राजीनामा दिनु भएको हो । उत्तःm विधेयकमा राखिएको कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीका विषयमा नैतिक जिम्मेवारी लिनु पर्नेमा अन्य सबैले विरोध जनाउँदै आएका थिए । सोही अनुसार उहाँले पदबाट राजीनामा दिनै पर्ने अवस्था सिर्जना भएको थियो ।

मंगलबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्नु हुदै खतिवडाले आफूबाट कुनै त्रुटी नभएको र गहिरो गरेर आँखा नपुगेको र कर्मचारीलाई विश्वास गरिएकोले आज यस्तो अवस्था सिर्जना भएको बताउनु भयो ।

खतिवडाले भन्नु भयो आफूले त्रुटी भएको थाहा पाएलगत्तै सभामुखलाई जानकारी गराएको भन्दै संसदको पनि यो विषयमा त्रुटी रहेको तर्क गर्नु भयो। संसदीय छानबिन समितिले पनि आफूलाई दोषी ठहर नगरेको उहाँको भनाइ छ।

‘यस सम्वन्धमा समितिले मलाई कारबाही पनि सिफारिस गरेको छैन। राजीनामा पनि भनेको छैन। पदलाई भन्दा प्रश्नलाई माथि राखेर मैले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको पदबाट हाँसीहाँसी राजीनामाको घोषणा गर्दछु।’ उहाले भन्नु भयो, ‘अहिलेसम्म मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस