आज: २०८२ श्रावण २८, बुधबार | Wed, 13, Aug, 2025

सर्वोच्च अदालतद्वारा मुकुल ढकालको रिट खारेज

२०८२ श्रावण २८, बुधबार मा प्रकाशित ( १९ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं- २८ साउन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री कायम गर्न माग राखी मुकुल ढकालले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

पार्टीबाट निष्कासन भएपछी ढकालले निर्वाचन आयोगमा रास्वपाको केन्द्रीय समिति अद्यावधिक नभएको पाएपछि सर्वोच्च अदालतमा महामन्त्री कायम गरिदिन भन्दै रिट दायर गरेका थिए ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले रिट खारेज गरि दिएपछी उनी अब रास्वपाको महामन्त्री कायम हुने कानुनी बाटो टुंगिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस