आज: २०८२ श्रावण २८, बुधबार | Wed, 13, Aug, 2025

देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो,तराईमा भने प्रयाप्त रोपाईँ हुन सकेन

२०८२ श्रावण २८, बुधबार मा प्रकाशित ( १९ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ  २८ साउन
पछिल्लो समयमा लगातार जस्तै पानी पर्न थालेपछी आईतबार सम्ममा देशभरमा ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको हो ।

तर गएको वर्षको साउन अन्तिमसम्म ७ दशमलव १९ प्रतिशतले यस वर्षको धान रोपाईँमा कमी आएको हो । गएको वर्ष साउन २५ गते सम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्षमा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ ।वर्षा नभएका कारणा यस वर्ष सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८ दशमलव ०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, गण्डकी प्रदेशमा ९२ दशमलव ७७ प्रतिशत, बागमती प्रदेशमा ९३ दशमलव ५६ प्रतिशत र कोशी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको बताइएको छ ।

देशभरलाई धान चामलले आपुर्ति पुरा गर्ने भण्डार मानिएको मधेश प्रदेशमा यस वर्षमा समयमा पानी नपरेकोले रोपाइँ हुन नसेको हो। रोपाइँ कम हुनुका साथै वर्षा कै कारण रोपाईँ गर्न ढिलाइ भएको र खडेरीले रोपिएका रोपो पनि सुकेका कारण यसपालि धान उत्पादन घट्ने जोखिम रहेको कृषि विज्ञहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस