
नारी बाटिका
नारी वाटिका संवाददाता
विराटनगर- २८ साउन ।
विराटनगरस्थित बाल सुधार गृहमा प्रहरी र बालबालिकाबीच झडप हुंदा एकजना प्रहरी घाईते भएका छन् । प्रहरीले सुधारगृहका बालबालिकाहरूमा सुर्ति सेवनको आशंका पाएपछी उनीहरुलाई जाँच गर्ने क्रममा झडप भएको हो।
घटनामा बाल सुधार गृह्रका बालबालिकाले हातपात गरेपछी एक जना प्रहरी घाइते भएका छन् । साथै घाईते प्रहरीलाई कोशी अस्पताल लगिएको छ। सुधारगृहभित्रका अन्य बालबालिकाहरू अझै होहल्ला गरिरहेका छन्। सुरक्षा अवस्था नियन्त्रणमा लिन चारवटै सुरक्षा निकायलाई थप परिचालन गरिएको छ ।
सुधारगृहका अधिकारीहरूले १८ वर्ष नाघेका केही युवाले वातावरण बिगारेको बताएका छन्। यहाँ हाल २४९ जना बालबालिका राखिएका छन । तर सुधारगृहको क्षमता केवल ५० जना मात्र हो।
यस संगै उक्त सुधारगृह्रबाट केही बालक केही भागेको आशंका गरिएको थियो । गणना गर्दा सबै उपस्थित रहेको पुष्टि भएको तर मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस