
नारी वाटिका संवाददाता
खोटाङ -२८ साउन ।
खोटाङमा औषधी सेवन गराई गर्भपतन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका तीन जना र दिक्तेल बजारमा मेडिकल व्यवसाय सञ्चालन गर्ने एक जना पक्राउ परेका हुन् ।
२१ वर्षीया एक महिलाको १७ हप्ताको गर्भपतन गर्न उसलाई सहयोग गर्ने २३ वर्षीय पुरुष र अर्की सहयोगी ३५ वर्षीया महिलालाई २३ गते र एक जना मेडिकल व्यवसायीलाई साउन २८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस