नारी वाटिका संवाददाता
धादङ ३१ साउन ।
आज श्री कृष्ण जन्माष्टमी पर्व,विभिन्न कार्यक्रमहरु गरी धुमधामका साथ मनाईंदैछ ।
हरेक वर्षको भाद्र कृष्ण अष्टमी अर्थात भगवान् श्रीकृष्णले जन्मु भएको लिन दिन । आज देशैभरका कृष्ण मन्दीरहरुमा गई श्रीकृष्णको पुजा आरधना गरी भक्तिपूर्वक पूजा–गरी मनाइँदै छ । हिन्दु धर्मालम्बीहरूले कृष्ण जन्माष्टमी पर्व भगवान् श्री कृष्णको पूजाआजा गरी मनाउने गर्दन् ।
कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री पनि भनिन्छ । धार्मिक ग्रन्थहरुमा दानव र आसूरी प्रवृतिको नास गरी मानव जातिको रक्षा गर्न विष्णु भगवाने आठौं अवतारको रुपमा मथुराको बन्दीगृहमा कृष्णको अवतार लिएर जन्म लिनु भएको उल्लेख छ ।
सनातन धर्मालम्वीहरुले आजैका दिन आफ्ना छोरा छोरीलाई राधा तथा कृष्ण बनाएर पनि जम्माष्टमी मनाउने गर्दछन् । । आफ्ना साना नानी बावुहरुलाई सिंगारेर हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण जस्तै रुप बनाई रमाउने प्रचलन छ ।
आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यता छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन हो । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस खुशी र हौसल्लाका समथ मनाउने गर्दछन् ।
भगवान श्रीकृयणलाई अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी मानिने भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे ।
उहाँको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् । ,
साथै उहाँका पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ । त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिलाको पगरी गुथेर परिचित छन्, ।
हामीले सुन्दै र हेर्दै आएको कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू९लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलार्इ आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् । त्यस्तै गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।
श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भन्नु भएको छ ,
‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्’
अर्थात्ः‘जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब यस धर्तिमा कुकर्महरु फैलिन्छ । त्यसपछी धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।’महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा हुनु हुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस