
नारी वाटिका संवाददाता
सर्लाही -३१ साउन।
सर्लाहीको हरिपुरवामा अज्ञात समूहले एक जनालाई गोली प्रहार गरी हत्या गरेका छन्। शुक्रवार राति साढे अन्दाजी ८ बजेतिर गोली प्रहार गरी रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ । उनी पुर्व शिक्षक हुन् ।
रामपुकार यादव त्यस समयमा छिमेकीसंग कुराकानी गरिरहेका थिए । सोही समयमा मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले गोली हानेर भागेका र यादवको उपचारको क्रममा मृत्यु भएको हो । हतियारधारीहरू गोली हानेर मोटरसाइकलमा भागेका बताइएको छ ।












प्रतिक्रिया दिनुहोस