आज: २०८२ भाद्र २, सोमबार | Mon, 18, Aug, 2025

धादिङको भर्लेमा खोलाले बगाएका एक पुरुषको शव फेला

२०८२ भाद्र १, आईतबार मा प्रकाशित ( १४ घण्टा अघि) १८०१२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ -१ भदौ।

शनिबार दिउँसो परेको भिषण वर्षाका कारण नीलकण्ठ नगरपालिका–६ भोर्लेमा खोलाले बगाउँदा एक युवकको मृत्यु भएको छ ।

चितवन कालिका नगरपालिका सक्तिखोर घर भई हाल धादिङको नीलकण्ठ–नगरपालिका ५ भर्ले सडक खण्डमा कार्यरत अ. २० वर्षीय युवक रविन तामाङको मृत्यु भएको हो ।

तामाङ खोलाले बगाएर बेपत्ता भएका थिए । खोजतलासको क्रममा उनलाई केही तल कोशिखोला खड्करेमा बाँसको झ्याङ नजिक मृत अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस