
नारी बाटिका
मुस्ताङ -२२ चैत ।
मुस्ताङको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको हो । माथिल्लो क्षेत्र अपर मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको छ । यसअघि पनि कात्तिकको पहिलो हप्ता तिर हिमपात भएको थियो।
शनिबार रातिदेखि भारी हिमपात भएको र यस हिमपातले वारागुङ मुक्तिक्षेत्र(३ स्याङवचेदेखि कोरला नाकासम्मको क्षेत्रमा पूरै डाँडाकाँडा ढाकेको छ। स्थानीयका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे।
जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा परेको छ । गएको तिन वर्षदेखी मुस्ताङमा लगातर हिउँ पर्न सकेको थिएन। जलवायु परिवर्तको कारणे हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, र कुनै वर्ष आंशिक रुपमा हिमपात हुने गर्दछ ।








प्रतिक्रिया दिनुहोस