आज: २०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

मौसम खबर: बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालमा भित्रिँदै

२०८२ भाद्र २, सोमबार मा प्रकाशित ( १ साल अघि) १२५२५ पटक पढिएको
नारी बाटिका


  1. नारी वाटिका संवाददाता

काठमाडौँ -२ भदौ ।

हालको मौसममा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर बनेको छ। तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसका कारण देशभरको मौसममा साधारणतया बदली छ। कोशी, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तैकर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ।

आज(सोमबार) बागमती , गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भूभाग लगायत देशका बाँकी पहाडी भूभागका केही र बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

साथै आज लुम्बिनी प्रदेशको तराई, कोशी प्रदेश र बाग्मती प्रदेशको पहाडी भुभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सवैमा अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस