
नारी बाटिका
मुस्ताङ -३ भदौ ।
हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण भएको छ। यसअघि नै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण पुष्टी भएको होे ।
डेङ्गु सङ्क्रमित ति महिला विरामी परेपछी उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना गरिएको थियो। सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.समीक्षा कँडेलले जानकारी दिनु भयो। डा.समीक्षा कँडेलका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छिन्।
मुस्ताङ जिल्ला यस आ.व.मा डेङ्गु सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा. कँडेलको भनाई छ । साथै त्यस जिल्लामा घुम्न जाने पर्यटकका माध्यमबाट डेङ्गु सङ्क्रमण भएको हुन सक्ने उनको भनाइ छ।
तर गत वर्षमा भने मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा चार जना तथा आव २०८१÷८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस