आज: २०८२ फागुन २६, मंगलबार | Tue, 10, Mar, 2026

चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते

२०८२ भाद्र ४, बुधबार मा प्रकाशित ( ६ महिना अघि) ४१८६ पटक पढिएको
नारी बाटिका


मकवानपुर ४ भदौ ।

मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा मंगलबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। साथै चट्याङ कै कारण सात जना घाइते भएका छन् ।

मंगलबार उक्त गाउँका पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला सोमबार दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको हो।

त्यसैगरी चट्याङ लागेर सोही गाउँका १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र चितवनको राप्ति नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएका हुन्।

घाइते भएका उनीहरुको मनहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस