आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र ४, बुधबार मा प्रकाशित ( ९ महिना अघि) ४१८६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -४ भदौ ।

हाल न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर देखिएको छ। बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली भैईरहेको छ।

अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थान साथै लुम्बिनी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यस्तै बुधवार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा केही र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

साथै आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस