आज: २०८२ भाद्र ५, बिहिबार | Thu, 21, Aug, 2025

निजामती विधेयकले कर्मचारीलाई आफ्नो घर पायक सरुवा गर्नमा सहज

२०८२ भाद्र ५, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ -५ भदौ ।
संघीय निजामती सेवा विधेयकले प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा समस्या उत्पन्न नगर्ने बताइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले बुधवार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा सचिव पन्तले यस्तो बताएका हुन्।

सचिव पन्तले कर्मचारी व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय तहहरूले आफैले ऐन बनाएर कार्यान्वयन समेत गरिसकेको उल्लेख गर्दै यस विधेयकले कर्मचारी समायोजन तथा व्यवस्थापन गर्नमा कुनै प्रभावित नहुने दावी गर्नु भएको छ ।

यस विधेयकका सम्वन्धमा छलफलमा सहभागि भएका सांसदहरूले यस विधेयकले प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा बढुवा तथा व्यवस्थापनमा मौन रहेको भन्दै प्रश्न उठाउएका छन्।

सचिव पन्थले कर्मचारीहरु समायोजन गर्दा आफ्नो घर पायक पर्ने स्थानमा विगतमा पनि कर्मचारीहरुले सरुवा मागेर जाने गरेको र यस विधेयक लागु भएपछी पनि सरुवा गर्ने प्रावधान समेटिएकोले कुनै वाधा नपार्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस