आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

मनसुन कमजोर हुँदा आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ भाद्र ५, बिहिबार मा प्रकाशित ( ९ महिना अघि) ८१५४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ ५ भदौ ।
हाल न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले पछिल्लो समय नेपालमा मनसुन कमजोर बनेको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली छ।

अहिले विहानसम्म बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

यसैगरी आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

तर आज बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको पुर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस