आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

नारी विकासको १९ औं साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

२०८२ भाद्र ८, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) ३२२५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ-८ भदौ ।

नारी विकास बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा तथा वार्षिक उत्सव सम्पन्न भएको छ ।शनिबार निलकण्ठ नगर प्रमुख एवं् नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रशाद ढुंगानाको प्रमुख आतिथ्यमा विपिस्मिृती भवनमा सहकारीले आफ्नो १९ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम धादिङवशीमा सम्पन्न गरिएको हो ।

सहकारीको सिद्धान्त र निति अनुसार हरेक वर्षको नयाँ आर्थिक वर्ष सुरु भएको ३ महिनाभित्र वाह्रय लेखापरिक्षण र साधारण सभा सम्पन्न गरी कर,नविकरण लगायतका कार्यहरु पुरा गरी कानुन बमोजिमका कार्यहरु पुरा गर्नु प्रावधान रहेकोले नारी विकासले समय मै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ

अभिभावक संस्था केन्द्रको आयोजनामा तिज विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहकारीले १९ औं वार्षिक साधारण सभाको साथै नेपाली नारीहरुको हौशल्लाको पर्व तिजको शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको थियो ।

सहकारीले वर्षपरी सम्पन्न गरेको कार्य समिक्षा आफ्ना सदस्य र समुहहरुकाबिचमा सम्पन्न गरी भावी रणनितिसमेत तय गरी कार्य प्रगतिलाई बढावा दिन समयमै कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जेष्ठ नागरिक संघको अध्यक्ष वासुदेव लम्सालको विशिष्ट आतिथ्यता रहेको थियो । सहकारी संस्थाको अध्यक्ष भगवती उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी सचिव मेनुका सापकोटाले वार्षिक प्रगति प्रतिवेदन,
संस्थाकी कोषाध्यक्ष एलिना राई गुरुङले संस्थाको आय व्यय विवरण र लेखा सुपरीवेक्षण समिति संयोजक सुशिला थापा लगायत पदाधिकारीहरूले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

“कर्तव्य र जिम्मेवारी सहितको सम्मान अधिकार, लैङ्गिक हिंसाको मुख्य आधार” भन्ने नारासहित सम्पन्न साधारण सभामा सहकारी सदस्य, स्थानीय सरोकारवाला तथा अतिथिहरुको उपस्थिति रहेको थियो । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन, आगामी योजनासहितका विषय पारित भएको छ । गरिएको थियो ।

सहकारीले १९ औं साधारण सभा साथै तीज विशेष कार्यक्रममा महिला सदस्यहरूले गीत–नृत्य प्रस्तुत गर्दै उल्लासपूर्वक पर्व मनाईएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस