आज: २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025

टिपरमा आगलागी हुँदा १९ लाखको क्षति

२०८२ भाद्र ८, आईतबार मा प्रकाशित ( १ हफ्ता अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

उदयपुर- ८ भदौ ।

शनिवार मध्यरातमा अन्दाजी बाह्र बजे कटारी नगरपालिका वडा नं १ चुरियास्थित सिद्धिचरण लोक मार्गको मिर्चैया कटारी सडक खण्डको चरेमा एक टिपरमा आगलागी भएको छ ।

दुधौलीबाट मिर्चैया तर्फ जाँदै गरेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी हुँदा १९ लाखको बराबरको क्षति क्षति भएको थियो ।

उक्त आगलागीबाट मानवीय क्षति नभएतापनि अन्य क्षति भने भएको छ । प्रहरी र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएको थियो । टिपर सहचालक र चालक सुरक्षित रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस