
नारी वाटिका संवाददाता
उदयपुर- ८ भदौ ।
शनिवार मध्यरातमा अन्दाजी बाह्र बजे कटारी नगरपालिका वडा नं १ चुरियास्थित सिद्धिचरण लोक मार्गको मिर्चैया कटारी सडक खण्डको चरेमा एक टिपरमा आगलागी भएको छ ।
दुधौलीबाट मिर्चैया तर्फ जाँदै गरेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरको वायरिङ तार सट भई अगाडी क्याबिनको भागमा अचानक आगलागी हुँदा १९ लाखको बराबरको क्षति क्षति भएको थियो ।
उक्त आगलागीबाट मानवीय क्षति नभएतापनि अन्य क्षति भने भएको छ । प्रहरी र दमकलको सहयोगमा राति नै आगो नियन्त्रणमा लिएको थियो । टिपर सहचालक र चालक सुरक्षित रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस