
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ-८ भदौ ।
धादिङ जिल्लाको सबैभन्दा ठुलो र जनघनत्व रहेको नीलकण्ठ नगरपालिका यस आ.व.मा पनि देशकै उत्कृष्ठ नगरपालिका बन्न सफल भएको छ ।
स्थानिय तह संस्थागत क्षमता स्व मूल्याङ्कनमा ७५३ वटै स्थानिय तहका नगरपालिकाहरुमध्ये ९३५० अंक प्राप्त गरी सर्वोत्कृष्टमा छनौट भई नीलकण्ठ नगरपालिका प्रथम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
मन्त्रालयमा सुक्रबार आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका सर्वोत्कृष्ट भएको भन्दै नगर प्रमुख भिमप्रसाद ढुंगाना, उपप्रमुख दिपक विश्वकर्मा सहितका जनप्रतिनिधिलाई मन्त्रालयद्वारा सम्मान तथा कदर गरिएको थियो ।
गाउँपालिका, नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नु पर्ने सुधारकाहरु पहिचान गर्ने आवधिक समीक्षाको आधारमा स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्व मूल्याकंनमा छनौट भएको हो ।
यसैगरि गाउँपालिकाहरु मध्य धादिङ जिल्ला कै बेनघिाट रोराङ गाउँपालिका पनि संस्थागत क्षमता स्व मूल्याङ्कनमा पहिलो भएको छ । उक्त पालिकाले ९१.७५ अंक ल्याएर देशैभरका गाउँपालिकाहरु मध्ये पहिलो स्थान हाँसिल गर्न सफल भएको हो । मन्त्रालयले दिएको जानकारी अनुसार ९२.७५ अंक ल्याएर चितवनको खैरहनी नगरपालिका दोश्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका तेस्रो र रुपन्देहीकै देवदह नगरपालिका चौथो स्थानमा छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरेको थियो । जसमा स्थानिय तह संस्थागत क्षमता स्व मूल्याङ्कनमा उत्कृष्ठता हाँसिल गरेका पालिकाहरुलाई सुक्रबार सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलले एक समारोहका साथ सार्वजनिक गरिएको हो ।
सम्मान ग्रहणपछि नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले आर्थिक पारदर्शिता र जवाफादेहितालाई मुख्य प्राथमिकतामा राखेर नगरपालिकाले काम गरेकाले यो परिणाम प्राप्त भएको बताउनु भयो ।







प्रतिक्रिया दिनुहोस