
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ -९ भदौ ।
नेपालमा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकोले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत र बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहने छ ।
यस्तै बाँकी भूभागमा आंशिक बदली रहने छ। शोमबार गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाँशाखाले जनाएको छ।
साथै आज देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही तथा लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशमा पहाडी भूभागका केही र तराईको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।








प्रतिक्रिया दिनुहोस