
नारी वाटिका संवाददाता
काठमाडौं १० भदौ ।
वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिने भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाका २८ वर्षीय सुसन ताम्राकार र काठमाडौंका ५० वर्षीय योगेन्द्र घले रहेको प्रहरीले जनाएको छ । ताम्राकारले इजरायल पठाउने भन्दै एक व्यक्तिबाट १२ लाख रूपैयाँ लिएका थिए भने जापान पठाउने भन्दै घलेले ६ लाख रूपैयाँ लिएका प्रहरीको अनुसन्धानमा खुलेको हो ।
उनीहरुविरुद्ध पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दबै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।












प्रतिक्रिया दिनुहोस