
नारी वाटिका संवाददाता
बारा -११ भदौ ।
मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया (बारा) का प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमितता र कार्यशैली भएको भन्दै उहाँमाथी गम्भीर आरोप लागेको छ ।
यससंगै उहाँविरुद्ध दर्जनौं उजुरी परेको र गुनासो बढेपछि मधेश प्रदेश प्रहरी कार्यालयले आन्तरिक छानबिन सुरु गरेको छ । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीले सिलवालविरुद्ध उजुरी परेको पुष्टि गर्दै छानबिन समिति गठन गरी अनुसन्धान थालिएको बताउनु भयो ।
महानिरीक्षक चर्तुवेदीका अनुसार एसपी सिलवालविरुद्धमा परेको उजुरीका आधारमा उहाँमाथी छानबिन समितिले काम थालिसकेको छ । अहिलेसम्म अनुसन्धानकै क्रममा भएकाले विस्तृत विवरण भन्न सक्ने अवस्था नरहेको बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस