आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

एमाले केन्द्रीय सदस्य एवं नेता ऐन महर पक्राउ

२०८२ भाद्र ११, बुधबार मा प्रकाशित ( ८ महिना अघि) ४३७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -११ भदौ ।

नेकपा एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराध अभियोगमा पक्राउ परेका छन्। उनीविरुद्ध एक महिलाले आफुमाथी साइबर त्राइम भएको भन्दै जाहेरी दिएपछी काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ अनुमति जारी भएसंगै नेता महर आफैं प्रहरीमा उपस्थिति भएका हुन्। आजै उनलाई म्याद थपका लागि अदालतमा पेश गरिने एसपी दिपकराज अवस्थीले जानकारी दिनु भयो।

महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय सदस्य भई पार्टी राजनीतिमा निकै सक्रिय नेता हुन्। बझाङ घर भएका नेता महर पछिल्लो प्रतिनिधिसभा चुनावमा पराजित भएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस