
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ १२ भदौ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहानसम्म बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्यस्तै आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
आज लुम्बिनी प्रदेशको तराई साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहिबार राति देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै र बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
तर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








प्रतिक्रिया दिनुहोस