आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

धादिङको बेनिघाट रोराङ बादरेमोडमा सुख्खा पहिरो खसेर बाटो दुबै तर्फ अवरुद्ध

२०८२ भाद्र १४, शनिबार मा प्रकाशित ( ६ महिना अघि) ६२६३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता,बिबियु

धादिङ -१४ भदौ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडमा सुख्खा पहिरो खसेर बाटो दुबै तर्फको अवरुद्ध भएको छ ।

आज विहान अं पौने ७ बजेको समयमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका १० बादरेमोडस्थित पृथ्वी राजमार्ग सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्न जाँदा बाटो दुबै तर्फको बन्द भएको हो ।

उक्त स्थानमा अ.प्र.पोष्ट जवाङखोलाबाट प्र.ह.पदम बहादुर आले,प्रहरी चौकी जोगिमाबाट प्र.ना.नी तेज बहादुर खरेल र इलाका प्रहरी गजुरीबाट प्रहरी नायव उपरिक्षक बिकाश थापाको संयुक्त १० जनाको टोलीले जेसिवीसंग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रवत्ता एवं सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

बिस्तृत विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस