आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

रासायनिक मल कारखाना सञ्चालनको जिम्मेवारी राज्यले लिनुपर्छ :कृषिमन्त्री अधिकारी

२०८२ भाद्र १५, आईतबार मा प्रकाशित ( ७ महिना अघि) ६२६३ पटक पढिएको
नारी बाटिका


फ़ाईल तस्वीर

नारी वाटिका संवाददाता,बिबियु

रुपन्देही -१५ भदौ ।
कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनु पर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफू मन्त्री बनिसकेपछि पटक पटक मन्त्रिपरिषद्‍मा यो विषयमा सवल राखेको जानकारी दिनु भएको हो ।

उहाँले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको पनि बताउनु भयो ।

“नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नु भयो “मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउनेछ।”

उहाँले आफू किसानी र कृर्षी पेशामा बढवा दिन केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भन्ने उदेस्यले लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने पनि बताउनु भएको छ।साथै मन्त्री अधिकारीले गत वर्ष रु २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकोमा यस वर्ष त्यसलाई बढाएर करिब रु २९ अर्ब पुर्‍याइएको जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस