
नारी बाटिका
नारी वाटिका संवाददाता
रसुवा १५ भदौ ।
आज बिहान करिब पौने ९ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा माथिबाट खसेको ढुङ्गासहितको सुख्खा पहिराले ठूलो मात्रामा क्षति पुर्याएको छ ।
उक्त स्थानमा अ. ३ सय मिटर माथिबाट खसेको पहिराले पर्सा जिल्ला विश्रामपुर–४ का १९ वर्षीय विनय दास थारूलाई घाइते भएका छन्। घाइते थारूलाई प्रारम्भिक उपचारपछि रसुवा अस्पताल ल्याइएको र त्यहाँबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ।
रसुवा प्रहरीका अनुसार पहिराले दुई कन्टेनर, एक ट्र्याक्टर, एक स्काभेटरसहित चार सवारीसाधनमा क्षति पु¥याएको छ। त्यस्तै, सुरक्षाकर्मी बस्ने घर र हेल्पडेस्क पनि प्रभावित भएको प्रहरीले जनाएको छ ।
हेल्पडेस्क र सुरक्षाकर्मी बस्ने घरमा समेत भौतिक क्षति पुगेको टिमुरे स्वास्थ्य चौकी इन्चार्ज युगेन लोेप्चनले बताएका छन् । घाइते थारू रोजगारीका लागि टिमुरे आएका थिए र काममा जाँदै गर्दाको अवसथामा उनलाई पहिराले च्यापेको हो । घाईतेको काँध, नाक र कानमा चोट लागेको छ।
हाल उक्त क्षेत्र पहिरोको उच्च जोखिम क्षेत्र बनेको छ।








प्रतिक्रिया दिनुहोस